गएकाे वर्षका दाेस्राे सर्वाधिक महँगा खेलाडी न्युजिल्यान्डका जेमिसनले यो सिजनको आईपीएल नखेल्ने

 माघ २०, २०७८ बिहीबार १५:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डका क्रिकेटर काइल जेमिसनले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्ने भएका छन् । 

आईपीएलमा निकै महँगो मूल्यमा अनुबन्ध हुन सक्ने अनुमान गरिएका जेमिसनले कोभिड महामारी र परिवारलाई समय दिने भन्दै आईपीएलको अक्नशमा नाम दर्ता नगराएको बताएका हुन् ।

आईपीएलको अक्सनमा नाम दर्ता नगराउने निर्णय गर्न आफूलाई कठिन भए पनि आवश्यकताका आधारमा निर्णय लिएको जेमिसनले बताएका छन् । आफू २७ वर्षको जवान उमेरमा रहेको र आउँदा दिनमा आईपीएल खेल्ने पर्याप्त अवसर रहेको जेमिसनले बताएका क्रिकइन्फोले जनाएको छ । 

गएको वर्षको आईपीएलका सबैभन्दा महँगा खेलाडीका रूपमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले जेमिसनलाई १५ करोड भारुमा अनुबन्ध गरेको थियो । आईपीएल खेल्दा आफूले धेरै कुरा सिक्न पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया