आउँदो चैतमा भूतपूर्व सैनिक सम्मेलन हुने

 माघ २०, २०७८ बिहिबार २०:३८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले आउँदो चैतमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ । भूतपूर्व सैनिक तथा निवृतिभरणमा रहेका परिवारलाई लक्षित गरेर आउँदो चैतको ९, १०, २० र २१ गते सेनाले विभिन्न ठाउँमा सम्मेलन गर्न लागेको हो । 

दिपायलको श्री नम्बर पाँच बाहिनी, धनगढीको श्री भवानीदल गण, सुर्खेतको श्री पश्चिम कमाण्ड हेटक्वार्टर र नेपालगञ्जको श्री नम्बर चार बाहिनी अड्डामा सम्मेलन हुनेछ । भूतपूर्व सैनिक सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास गरी ती क्षेत्रका बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरू सहभागी हुन सक्नेछन् । यसका लागि फागुन ३० गतेसम्म निवेदन दिनुपर्नेछ । 

सम्मेलनमा पोसाक वितरण, बहालवाला तथा भूतपूर्व सैनिकका अशक्त आश्रित परिवारलाई ह्विलचेयर, सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरूलाई पुरस्कार, ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान, चार जना वा त्योभन्दा बढी सन्तानहरूलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदर स्वरूप जीवित आमा–बाबुमध्ये एक जनालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिने नेपाली सेनाले जनाएको छ । 

यस्तै बिरामीहरूलाई विशेषज्ञ डाक्टरद्वारा विभिन्न औषधि उपचार, कोरोनाविरुद्धको खोप नलगाएको भए खोप र आँखा जाँच गरेर चस्मासमेत वितरण गरिने नेपाली सेनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया