ललितपुरकाे गाेदावरीमा गाडिएकाे अवस्थामा एक जनाकाे शव भेटियाे, 'माेरङ कनेक्शन' काे अनुमान

 माघ २०, २०७८ बिहीबार २०:८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको गोदावरी नगरपालिका १२ मा एक जनाको शव गाडिएको अवस्थामा फेला परेको छ । अहिले शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  

यो शव मोरङको घटनासँग सम्बन्धित भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । मोरङको धनपालथान ७ बोर्डिङ टोलको उखुबारीमा दुई वटा शव फेला परेको घटनामा बेपत्ता रहेका एक जनाको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

घर पछाडि गाडिएको अवस्थामा शव फेला परेको हो । प्रहरीले मोरङ घटनामा संलग्न केहीलाई पक्राउसमेत गरेको छ । उनीहरूसँग सोधपुछ गर्दा ललितपुरमा पनि शव फेला परेकाले मोरङ घटनासँग सम्बन्धित भएको अनुमान गरिएको हो । तर हो या होइन भन्नेबारे भने शव निकालेपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया