लमजुङ दरबारको पुनर्निर्माण तीन वर्षमा पनि पूरा भएन
माघ २०, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा सहरी पक्षीको सङ्ख्या बढेको छ । यस वर्षको जाडो मौसममा गरिएको सहरी पक्षी गणना अर्थात ‘अर्बन बर्ड काउन्ट’मा काठमाण्डौ उपत्यकामा ६ हजार ७ सयभन्दा धेरै चराको सङ्ख्या रेकर्ड गरिएको छ । यसपटकको गणना अनुसार काठमाण्डौ उपत्यकामा ६ हजार ७ सय एक चरा रहेको तथ्याङ्क छ ।
गएको वर्षको तुलनामा ९ सय ४७ सहरी पक्षीको सङ्ख्या वृद्धि भएको देखिएको हो । सन् २०२१ को गणनामा कुल पाँच हजार ७ सय ५४ सङ्ख्या रेकर्ड गरिएको थियो । नेपाल पक्षी संरक्षण सङ्घले सन् २०२२ को जनवरी १ देखि ८ सम्म काठमाण्डौ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिममा गरी कुल २४ योजनाबद्ध ‘ट्रान्जिट’ मा सहरी, उपनगरीय र ग्रामीण क्षेत्र गरी तीन क्षेत्रमा सहरी पक्षीको अवलोकन गरेको थियो ।
गणनामा मलेवा, काग, भँगेरा, गाैँथली, डाङ्रे रुपी, जुरेली, वन रुपी, रुख भँगेरा, कालो चील र बकुल्लालगायत प्रजातिका चरा सबैभन्दा बढी पाइएको सङ्घले जनाएको छ । काठमाण्डौ उपत्यकाको सहरी क्षेत्रमा अघिल्लो वर्षको तुलनामा ७ सय ६९ सङ्ख्याले र ग्रामीण क्षेत्रमा २ सय ९० सङख्याले बढेको छ ।
तर उपनगरीय क्षेत्रमा चराको सङ्ख्या २ सय ८८ ले घटेको देखिएको छ । गएको वर्ष उपनगरीय क्षेत्रमा दुई हजार ३ सय ३ सङ्ख्या रेकर्ड गरिएको थियो भने यस वर्ष दुई हजार १५ सङ्ख्या रेकर्ड गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।