लमजुङ दरबारको पुनर्निर्माण तीन वर्षमा पनि पूरा भएन
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - वर्षा र हिमपातले देशका विभिन्न ठाउँको जनजीवन कष्टकर भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावसँगै काठमाण्डौ उपत्यकाका शिवपुरी, फुल्चोकी र चन्द्रागिरिका साथै मकवानपुरको दामन र सिमभञ्ज्याङमा हिउँ परेको छ । हिमपात धेरै भएका क्षेत्रमा यातायात सेवा समेत प्रभावित भएका छन् ।
त्रिभुवन राजपथको सिमभञ्ज्याङ्ग र अघोरमा बाक्लो हिउँ परेपछि हेटौँडा–काठमाण्डौ यातायात बन्द भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन राजपथमा यातायात बन्द भए पनि पूर्व-पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा चलिरहेको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका ठाउँमा हिमपात हुँदा गाडी चल्न नसकेकाे यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । त्यस्तै बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, सतबाँझ क्षेत्रमा भएको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएकाे बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ ।
वर्षा र हिमपातले जनजीवन कष्टकर भए पनि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।