चितवनका भूमिहीनहरूले पाए जग्गाधनी प्रमाणपत्र

 माघ २१, २०७८ शुक्रबार १९:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोगसमेत गर्न नपाएको बताउनु भयो । 

मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।

लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुसी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’ लाभग्राहीहरुले कानुनी रूपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया