२४ घण्टामा झण्डै ६ लाख जनाले लगाए कोरोना विरुद्धकाे खोप, १७ सय जना संक्रमित थपिए

 माघ २२, २०७८ शनिबार १७:४७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख  ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा  खोपको प्रयोग भएको छ ।  जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको  २४ घण्टामा १ हजार  ७ सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

आरडीटी, पीसीआर र एन्टिजेन  गरी ८ हजार  ५ सय १३ जनामा परीक्षण गरिएकोमा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ सक्रमित थपिएका हुन् । २४ घण्टामा  ४ हजार ७ सय ७१ जना  कोरोना संक्रमित निको भएका छन् । २४ घण्टामा ९ जनाले  ज्यान गुमाएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ८ सय ३ जना पुगेको छ । नेपालमा अहिले ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया