कतारमा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु

 माघ २३, २०७८ आइतबार १७:३५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ ।

कतारमा रहेको नेपाली दूतावासबाट आज आइतबार लाइभ इनरोलमेन्ट गरी सफलता पूर्वक विद्युतीय राहदानी जारी भएको राहदानी विभागले जनाएको छ । यो विदेशस्थित नेपाली दूतावासबाट जारी भएको पहिलो विद्युतीय राहदानी हाे ।

यो सँगै आज आइतबारबाट विद्युतीय राहदानीको लागि कतारमा रहेको नेपाली दूतावासले बुकिङ समेत खुला गरेको छ । सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ खोलिएको हो ।

खाडीका अन्य देश र मलेसियामा रहेको नेपाली नियोगबाट विद्युतीय राहदानी जारी गर्नका लागि आवश्यक पर्ने उपकरणहरू पठाइ सकिएको छ विभागले जनाएको छ । उपकरणहरू जडान हुनासाथ केही दिन भित्रै खाडीका अन्य देश र मलेसियाबाट पनि विद्युतीय राहदानीको लागि आवेदन दिन मिल्ने छ । 

त्यस्तै खाडी र मलेसिया बाहेक अन्य देशहरूमा रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने काम भइरहेको रहेको र केही हप्ता भित्र सेवा सञ्चालन गर्ने राहदानी विभागको तयारी छ । 

नेपालको हकमा  भने अहिले ३६ वटा जिल्ला प्रशासन कार्यालयहरू र ५ वटा इलाका प्रशासन कार्यालयहरूबाट गरी जम्मा ४१ ठाउँबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइसकेको छ ।

अन्य जिल्लाहरूमा तीन वटा प्राविधिक टोलीहरूले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको पनि विभागले जानकारी दिएको छ ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया