काभ्रेको रोशीमा झन्डै तीन महिनापछि बाढी पहिरो प्रभावितका लाग...
पुस २, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ ।
हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।
बाटो भुलेर भिरमा बसिरहेको बेला उनीहरुलाई उद्धार गरिएको सापकोटाले बताउनुभयो । उद्धारपछि स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको हो ।
तस्बिर स्राेत: नेपाल प्रहरी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।