कतारमा थन्किएको न्यारोबडी जहाजको एउटा इन्जिन बिग्रियो, तत्काललाई भाडाको इन्जिन किनेर चलाइने

 माघ २४, २०७८ सोमबार १४:१२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाज ए ३२० जहाजको बाँयातर्फको इन्जिन फेर्नुपर्ने भएको छ ।

गएको पुस १३ गते काठमाण्डौबाट कतारको दोहा पुगेको जहाज सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । निरीक्षण गर्दा कतार एअरवेजका इन्जिनियरिङ टिमले बायाँतर्फको इन्जिनमा समस्या देखिएकाले इन्जिन फेर्नुपर्ने राय दिएका दिए । इन्जिनको उत्पादनकर्ता PW/IAE सँग निगम व्यवस्थापनले परामर्श लिँदा इन्जिनलाई फेरेर मर्मत गर्नुपर्ने सुझाव इन्जिनियरले दिएका थिए ।

जहाजलाई चाँडो भन्दा चाँडो उडानमा ल्याउनका लागि इन्जिन भाडामा लिन निगमले पुसको २५ गते अन्तर्राष्ट्रिय आह्वान पत्र निकालेको थियो । इन्जिन भाडामा लिन कम्पनी छनाेट गरेर काम अघि बढिरहेको निगमले जनाएको छ ।

यस्तै पुरानो इन्जिन मर्मतका लागि माघ १० गते अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिएको निगमले सूचनामार्फत जानकारी दिएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया