अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – निर्मला पन्तलाई न्याय दिन नसक्ने भन्दै छानबिन समितिको सदस्यबाट राजीनामा दिएका वीरेन्द्र केसी पुनः काममा फिर्ता हुनुभएको छ ।
गृहमन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा केसी पुनः समितिमा फर्किएको जानकारी दिइएको हो ।
छानबिन समितिबाट राजीनामा दिएर चर्चामा आएका केसी गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि पुनः समितिमा फिर्ता हुनुभएको हो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन टोलीबाट केसीले राजीनामा दिनुभएको थियो । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य हुनुहुन्थ्यो ।
गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सरकारले निर्मला पन्त हत्याको घटना छानबिन गर्न समिति गठन गरेको थियो ।
१५ दिनको समयसीमा लिएर काम थालेको टोलीले तयार भएको प्रतिवेदन समयमै नबुझाएर हत्यारालाई भाग्ने मौका दिन खोजेको आरोप लगाउँदै केसीले राजीनामा दिनुभएको थियो । सरकारले समितिलाई थप अनुसन्धान गरेर प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिएको छ ।
छानबिन समितिमा रहँदा आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै केसीले समितिको म्याद थपको विषयमा मात्रै आफ्नो असहमति रहेको जनाउनुभएको थियो ।
तर निर्मला पन्तलाई न्याय दिलाउने सवालमा मन्त्रालय र समितिको धारणासमेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य रहेकाले फेरि छानबिन कार्यमा संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेर समितिमा फर्किएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।