नेदरल्यान्ड्सले नेपाललाई दियाे १ सय ४१ रनकाे लक्ष्य
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – आफूलाई भूमि आयोगको मान्छे बताउँदै सुकुम्वासीलाई जग्गा दिने भन्दै ठगी गर्ने दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् ।
हिजो आइतवार दिउँसो काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ वसन्तनगरबाट झापाका होमनारायण चौधरी र काठमाण्डौका उद्धव भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरी र भण्डारीले आफूहरू भूमि आयोगको मान्छे भएको र जग्गा दिने भन्दै चार आना जग्गा बराबर ५० हजार रुपैयाँका दरले पैसा मागेर फारम भर्न लगाइ पैसा लिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न नक्कली कागजात पनि बरामद गरेको छ । उनीहरूले सङ्गठित रूपमै ठगी गरेको हुन सक्ने शङ्कामा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।