वायु प्रदूषण बढ्दो : प्लाष्टिक, कृषि अवशेष लगायत नजलाउन वाताव...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अस्ट्रेलियाका केही क्रिकेट खेलाडीले पाकिस्तानको भ्रमण नगर्ने भएका छन् । सुरक्षाका कारण एक/दुई जना खेलाडीले पाकिस्तानसँग हुने शृङ्खलाका लागि भ्रमण नगर्ने सम्भावना रहेको अस्ट्रेलियन क्रिकेटर एसोसिएशनलाई उद्धृत गर्दै क्रिकइन्फोले जनाएको छ ।
अस्ट्रेलियाकाे क्रिकेट टोली २४ वर्षपछि आउँदो मार्च महिनामा क्रिकेट खेल्न पाकिस्तानको भ्रमणमा जाँदैछ । अस्ट्रेलियन क्रिकेटर एसोसिएशनका प्रमुख कार्यकारी टोड ग्रिनबर्गले कतिपय खेलाडी सुरक्षाको डरले पाकिस्तान प्रवेश गर्न हिच्किचाइरहेको बताएका छन् । २४ वर्षपछि पाकिस्तान भ्रमण हुन लागेकाले सकभर अस्ट्रेलियाकाे पूर्ण र बलियो टोली नै सहभागी हुने सम्भावना रहेको छ तर एक दुई जना खेलाडी नजान सक्ने खबरमा उल्लेख छ ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले पनि गएकाे हप्ता भएको एक पत्रकार सम्मेलनमा पाकिस्तान भ्रमणमा नजाने खेलाडीको निर्णयमा आफ्नो समर्थन रहने बताएका थिए । क्रिकेट अस्ट्रेलियाले पाकिस्तानको सुरक्षा अवस्थाबारे बुझ्न गएको डिसेम्बरमा कर्मचारीको प्रतिनिधिमण्डल पाकिस्तान पठाएको थियो । पाकिस्तानले खेलाडीको सुरक्षामा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
पाकिस्तान र अस्ट्रेलियाबीच कराँची, लहोर र रावलपिन्डीमा तीन खेलको टेस्ट शृङ्खला, तीन खेलको एकदिवसीय र एक खेलको टी–२० शृङ्खला हुँदैछ । पाकिस्तान भ्रमणमा जाने अस्ट्रेलियाको टोली भोलि मङ्गलवार घोषणा हुने सम्भावना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।