लमजुङ दरबारको पुनर्निर्माण तीन वर्षमा पनि पूरा भएन
माघ २०, २०८१ आइतबार
कपिलवस्तु - कपिलवस्तुबाट तस्करी हुन लागेको ५ टन केराउसहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
नेपालभारत सीमा क्षेत्र अन्तर्गत यशोधरा गाउँपालिका-७ सीमा नजिकबाट यू.पी. ५५ टी २२९५ नम्बरको ट्रकमा अवैध ढङ्गबाट भारततर्फ लाने तयारी गरिएको एक ट्रक केराउ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले हिजाेराति नेपालबाट सीमावर्ती भारतीय बजार इटवातर्फ जाँदै गरेकाे ट्रकलाई शङ्का लागेर जाँचगर्दा करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ५ हजार किलोग्रामअवैध केराउ बरामद गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयाे।
पक्राउमा लिइएकाे ट्रक र केराउ प्रहरीले सुठौली भन्सार कार्यालय पठाएको छ । ट्रक चालक भारत सिद्धार्थनगर जिल्ला ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।