लमजुङ दरबारको पुनर्निर्माण तीन वर्षमा पनि पूरा भएन
माघ २०, २०८१ आइतबार
काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्नुभएको छ । भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडासमेत नतिरेको पाइएपछि उहाँले आज मङ्गलवार दिउँसो हङकङ बजारसहित भाडाका अन्य भवनहरूको अनुगमन गर्नुभएको हो ।
त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको मन्त्री रेग्मीले बताउनुभयो । उहाँले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले त्यस क्षेत्रको अवलोकन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री रेग्मीले भन्नुभयो, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यस कारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जो–जाे बस्नुभएको छ, उहाँहरूले पनि सहयोग गर्नुपर्याे । भाडा नतिर्ने र अनियमितता गर्नेलाई कारबाही हुन्छ नै ।’
मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम बिचौलियाहरूले गरिरहेको उल्लेख गर्दै अब सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उहाँकाे योजना छ ।
मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरूलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।