७ सय ५३ पालिकामै प्राविधिक शिक्षा पुर्‍याउँछाैँ : मन्त्री पौडेल

 माघ २५, २०७८ मंगलबार १६:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सात सय ५३ वटै पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने बताउनुभएको छ । कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन आज मङ्गलवार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै पालिकामा पुर्‍याउने बताउनुभयो । 

‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।’

मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रूपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताउनुभयो । ‘भौतिक संरचना र जग्गा प्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, उहाँले भन्नुभयो, ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’

मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै चार देखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने बताउनुभयो ।

पढ्दै–कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै मन्त्री पाैडेलले ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताउनुभयो । 

२०७६ असोज ७ गते आङ्गिक क्याम्पसको रूपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले पाँच करोड रुपैयाँ छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्शन प्रालिले तीन करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा चार तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसा दशर्माले जानकारी दिनुभयो । 

माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोड रुपैयाँ मा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको सङ्घीय सांसद दुर्गा विकले बताउनुभयो । 

अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया