टी–२० विश्व कपकाे छनाेट खेल्न नेपाली टाेली ओमान प्रस्थान गर्‍याे

 माघ २५, २०७८ मंगलबार २०:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । टोली केहीबेरअघि ओमान प्रस्थान गरेको हो ।

दिउँसो युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गर्नुभएको थियो । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गर्नुभएको हो ।

नेपाली टोली आज राति साढे आठ बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ । मन्त्री गहतराजले विश्व कपमा छनोट भएर आउन शुभकामना दिँदै नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै गरेको उल्लेख्य प्रगति हेर्दा सफल हुनेमा विश्वस्त रहेको पनि बताउनुभयो । सरकारले खेल पूर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको भन्दै मन्त्री गहतराजले केही ठूला पूर्वाधारहरू निर्माणाधीन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पूर्णता दिने गरी काम भइरहेका दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतका कमजोरी सच्याएर नेपालले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

ग्लोबल छनोटको समूह 'ए' मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह 'बी' मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । छनाेट खेल फेब्रुअरी १८ तारिखदेखि हुँदैछ । दुवै टोलीबाट शीर्ष दुई टोली सेमिफाइलनमा जानेछन् । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप खेल्नेछन् ।

छनोटअघि नेपालले ओमान, आयरल्यान्ड र यूएईसँग चार देशीय शृङ्खला खेल्नेछ । यसैबीच विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्ने नेपाली टोलीमा सागर ढकाल पनि समावेश भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले ओमान भ्रमणमा जाने दिन आज नै ढकालको नाम पनि सार्वजनिक गरेको हो । प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर ढकाल थपिएसँगै ओमान जाने खेलाडीको सङ्ख्या १७ जना पुगेको छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया