इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र वेस्टह्याम विजयी : बर्नली र युनाइटेडको बराबरी

 माघ २६, २०७८ बुधबार ७:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएका खेलमा न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हरायो । जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ । न्युक्यासल १७ औ स्थानमा छ । एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ ।

त्यस्तै बर्नलीसँगको खेलमा युनाइटेडले अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा बर्नलीका जे–रोड्रिगेजले गोल गरी खेल बराबरीमा ल्याए । बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् । बर्नलीसँग बराबरी खेलेको युनाइटेड पाँचौ स्थानमा छ । उसको २३ खेलमा ३९ अंक छ । २० खेलमा १४ अंक मात्रै जोडेको वर्नली अंकतालिकाको पुछारमा छ । २३ खेलमा ५७ अंकका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा कायमै छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया