वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जित्यो

 माघ २७, २०७८ बिहिबार ७:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जितेको छ ।

गएराति भएको दोस्रो खेल ४४ रनले जितेसँगै तीन खेलको श्रृङ्खला भारतले २–० ले जितेको हो ।

अहमदाबादमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ४६ ओभरमा एक सय ९३ रन बनाउँदा अलआउट भयो । उसका लागि सामर्ह ब्रुक्सले सर्वाधिक ४४ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादवको ६४ र केएल राहुलको ४९ रन मद्दतमा दुई सय ३७ रन बनाएको थियो ।

तीन खेलको एक दिवसीय र तीन खेलको टी-२० श्रृङ्खला खेल्न वेष्ट इन्डिज भारत भ्रमणमा रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया