पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ ।
आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि नबिल इक्विटी फन्डको शेयर दुई दशमलव ७६ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।