फिफा वरीयतामा नेपाल दुई स्थान माथि उक्लियाे

 माघ २७, २०७८ बिहिबार १७:६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो । नेपालले घरेलु मैदान दशरथ रङ्गशालमा मरिसससँग भएको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो ।

नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औँ स्थानमा रहेको छ भने माल्दिभ्स १ सय ५७ औँ स्थानमा छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् छ । यस्तै दाेस्राेमा ब्राजिल, तेस्राेमा फ्रान्स, चाैथाेमा अर्जेन्टिना र पाँचाैँमा इङ्ग्ल्यान्ड रहेका छन् ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Khushi

    Feb. 11, 2022, 7:29 a.m.

    खुशि लाग्यो । अझ सुधार गर्दै double digit स्थानमा देख्न पाए राम्रो हुने थियो ।

  •  0 Reply
  • Md anwar islam

    Feb. 10, 2022, 6:39 p.m.

    माशा अलाह धेरै खुसि लागियाे भारत भनदा माथि याऐ भने भेरी हापि 🇳🇵🤲

  •  0 Reply

तपाईको प्रतिक्रिया