झापा : मेचीनगरकाे चाउचाउ उद्याेगमा लागेकाे आगाे अझै नियन्त्रणमा आएन

 माघ २९, २०७८ शनिबार ११:५८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा लागेको आगो अझै निभेको छैन । 

आगो बिहान चार बजेदेखि लागेको हो । 

मेचीनगर नगरपालिकाका उपमेयर मिना पोख्रेल उप्रेतीका अनुसार अहिले दमकलको सहयोगमा सुरक्षकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । 

उद्योगमा प्लाष्टिकको मात्रा धेरै भएकाले आगो निभाउन गाह्रो भइरहेको प्रहरीले जनाएकाे छ । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ वटा दमकलको प्रयोग गरिएको छ  । 

आगो निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । 

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । 


 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया