झापाको चाउचाउ कारखानामा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा

 माघ २९, २०७८ शनिबार १९:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - झापाको मेचीनगर नगरपालिका-१४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो झण्डै १२ घण्टापछि नियन्त्रणमा आएको छ । 

आगो निभाउन झापा, मोरङ, सुनसरी र इलामका १२ वटा भन्दा धेरै दमकलकाे प्रयोग गरिएको थियो । 

मनषा थाइफुड्सले  उत्पादन गर्दै आएको चाउचाउ उद्योगमा आज बिहान झण्डै साढे ४ बजेदेखि विद्युत् सर्ट भएर आग्लागी भएकोमा अहिले बेलुका साढे ४ बजेतिर मात्रै नियन्त्रणमा आएको हो । 

अहिले पनि नियन्त्रणका क्रममा प्लाष्टिकतिर  झिल्काहरु छुटेको हुन सक्ने र त्यसले आगलागी हुन सक्ने भन्दै तीन वटा दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ  ।  

आगलागीका कारण सिङ्गो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक बुद्धि घिमिरेले बताउनुभएको छ ।  

आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको प्रहरीले जनाएको छ । 

१ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने सञ्चालकले अनुमान गरेको भए पनि यकिन तथ्याङ्क भने आइसकेको छैन । मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया