सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा दिने

 फागुन १, २०७८ आइतबार ७:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै -  सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा दिने भएको छ ।

गएको  माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा सङ्कुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा दिने भएको हो ।

४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सर्वोच्चका अनुसार झण्डै एक महिनाको सेवा सङ्कुचनको  अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्दामाथि कारबाही र सुनवाइलाई भने निरन्तरता दिइएको थियो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया