एमसीसीमा मेरो भूमिका 'रेफ्री' को मात्रै हो, दलहरूकाे भूमिका निर्णायक : सापकोटा

 फागुन २, २०७८ सोमबार १९:३१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा आफ्नो भूमिका निर्णायक (रेफ्री) को रूपमा मात्र हुने बताउनुभएको छ ।

आज साेमवार बसेको सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिने क्रममा एमसीसीबारे के निर्णय भयो भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा सभामुख सापकोटाले सबैका कुरा सुनिरहेको र आफ्नो भूमिका 'रेफ्री' को रूपमा मात्र हुने बताउनुभयो । उहाँले एमसीसीमा दलहरूकै भूमिका निर्णायक हुने बताउनुभयो ।

राष्ट्रिय महत्त्वका विषयमा राष्ट्रिय सहमतिका लागि पहल गर्न भूमिका खेल्न दलहरूलाई आग्रह गर्दै सभामुख सापकोटाले सहमति गर्नका लागि सबैले पहल र प्रयत्न गर्ने कुरा भएको बताउनुभयो ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको उहाँले जानकारी दिनुभयो । सभामुख सापकाेटाले संसदमा विचाराधीन विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया