जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेल आजदेखि शुरू हुँदै
पुस २४, २०८१ बुधबार
दाङ – दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि आज साेमवारदेखि खुत्रुके अभियान सुरु भएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा खुत्रुके अभियान सुरु गरिएको हो ।
सङ्घका अधयक्ष रामप्रसाद चालिसेले सङ्घका कोषाध्यक्षलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेर अभियानको सुरु गर्नुभयाे । तुलसीपुर उद्योग वाणिज्य सङ्घ एयरपोर्ट नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरिएको छ । त्यही बैंकको खातामा स्वेच्छिक रूपमा रकम जम्मा गर्ने गरी खुत्रुके अभियानको सुरु गरिएको अध्यक्ष चालिसेले बताउनुभयो । सबैसँगकाे हातेमालो र सहकार्यबाट आर्थिक सङ्कलन गरी स्तरोन्नति गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
विमानस्थलको स्तरोन्नतिका लागि देश तथा विदेशमा बस्ने जोसुकैले पनि सक्दो आर्थिक सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।
यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकले विमानस्थल स्तरोन्नतिका लागि तीनै तहको सरकारलाई दबाब दिन एकमत भएका थिए । २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलको अहिलेसम्म स्तरोन्नतिका लागि सरकारले चासो नदेखाएपछि निजी क्षेत्रको अगुवाइमा दबाब दिन सुरु गरिएको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।