सोलुखुम्बुमा सकेट बम भेटियो

 फागुन ३, २०७८ मंगलबार १६:६:३६ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीकाे फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसाे बम देखेपछि प्रशासनलाई खबर गरेका थिए । 

बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएकाे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । 

निकै पुरानो जस्तो देखिने त्याे बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । केहीबेरमा बम डिस्पाेज गरिने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया