रसुवागढी नाका भएर गाडी चल्न थाले

 भदौ २८, २०७५ बिहीबार १२:५०:२८ | उज्यालो सहकर्मी

रसुवा – पहिरो हटाए पछि रसुवागढी नाका भएर गाडी चल्न थालेको छ । ठूलाठूला ढुंगासहितको पहिरोका कारण  दुई दिन यो यो सडकखण्डमा गाडी चलेको थिएन ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार बिहान १० बजेदेखि बाटो खुलेको जनाएको छ ।  गाडी नचल्दा रसुवागढी नाका हुँदै चीनबाट सामान लोड गरेर फर्किएका गाडी बीच बाटोमै रोकिएका थिए । 

रसुवाको धुन्चे बजार नजिकको खोपङ्गभीरमा पहिरो खस्दा बुधबार र मंगलबार गाडीको आवागमन ठप्प भएको थियो । अहिले भने सडक खुलेको र गाडी पनि चल्न थालेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया