काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त, बानेश्वरमा तनाव

 फागुन ८, २०७८ आइतबार १३:२१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयाेग एमसीसीको विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । साथै यातायात आवतजावत अस्तव्यस्त भएको हो । अहिले नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त भएको छ । अहिले तीनकुने–माइतीघर सडक खण्डमा गाडी चलाउन रोक लगाइएको छ ।

महानगरीय प्रहरी महाशाखाका अनुसार नयाँ बानेश्वरतर्फ जाने–आउने गाडीलाई गैरीगाउँ, तीनकुने, पुरानो बानेश्वर, न्यु प्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ । नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण चालकलाई अरू नै वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । डाइभर्सनका कारण उपत्यकाको अरू ठाउँमा चाप झन् बढेको छ ।

माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा गाडी चापमा चलिरहेका छन् । मीन भवन क्याम्पस गेट, नयाँ बानेश्वरको पानी ट्याङ्की, एभरेस्ट होटल आसपासका क्षेत्रलाई भने निषेधित क्षेत्र तोकेर प्रहरीले विरोध प्रदर्शन नगर्न भनेको छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया