आईपीएल क्रिकेटमा पञ्जाबले कोलकतालाई ७ रनले हरायो
चैत १८, २०७९ शनिबार
काठमाण्डाै - टाटाकाे इलेक्ट्रिक कार टिगोर ईभी औपचारिक रुपमा नेपाली बजारमा आज लञ्च हुँदैछ ।
नेपालका लागि टाटाकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगोर ईभी औपचारिक रुपमा आज लञ्च गर्ने भएकाे हाे ।
केही हप्ता अघि नेपालमा भित्रिएको यो कारलाई सिप्रदीले सडकमा परीक्षण गरिरहेको थियो ।
टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे ।
टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अङ्कमध्ये १२ अङ्क पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अङ्कमध्ये ३७ दशमलव २४ अङ्क पाएको छ।
टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आईपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा रहेकाे विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रङ्ग विकल्पमा उपलब्ध हुनेछ। यो डुअल–टोन विकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रङ्गको हुनेछ। गाडीको ग्रिलमुनीनिलो रङ्गले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ ।
यसको अगाडि भागमा पूरै एलईडी डीआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ। गाडीको पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन्। यसको पछाडि हेर्ने रिअर भ्यु ऐनाहरू पनि फोल्डेबल छन्। गाडीको डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। टिगोरको सिट ग्रेनाइट कालो रङमा छन् भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ । त्यस्तै, गाडीमा स्मार्टकी पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले टिगोर ईभीमा डुअल एयर ब्याग, ईबीडीसहितको एबीएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ । गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ ।
टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ ।