अमेरिकाको कोलोराडोमा रोकिराखेको विमानमा आगलागी, सबै यात्रु...
चैत १, २०८१ शुक्रबार
काठमाडौं – अबको तीन वर्षभित्र काठमाडौंमा मोनोरेल निर्माण हुने भएको छ ।
मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी सीआरसीसीले आज काठमाडौं र ललितपुर महानगरपालिकालाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।
काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटरको चक्रपथमा तीन वर्षभित्र मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । जसको लागि एक खर्ब १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतिवेदन हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रतिवेदन अध्ययनपछि छिट्टै डीपीआर प्रक्रिया सुरु गर्ने जानकारी दिए ।
सीआरसीसी कम्पनीले गएको जेठ ११ गते ६ महिनाको समयमा सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेकोमा तीन महिनामै प्रतिवेदन बुझाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।