प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहितका नेताहरूबीच छलफल

 फागुन १२, २०७८ बिहिबार १५:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच नयाँ बानेश्वरमा छलफल भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले नेकपा एमालेसँग संवाद बढाएको छ ।

आज बिहीवारको संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको हो । 

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित भएपछि उहाँले प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।

आजकाे बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको भए पनि बैठक भाेलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हाे । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया