काठमाण्डौबाट सिपाबडहरे जाँदै गरेको यात्रुवाहक गाडी इन्द्रावती बगरमा दुर्घटना, २ जना गम्भीर घाइते

 फागुन १४, २०७८ शनिबार १८:२८:२० | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – काठमाडौबाट सिन्धुपाल्चाेककाे सिपाबडहरे जाँदै गरेको यात्रुवाहक गाडी इन्द्रावती बगरमा दुर्घटना भएको छ ।

हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको गाडी दुर्घटना भएको र दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई थप उपचारकाे लागि काठमाण्डौ रिफर गरिएको र सामान्य घाइतेहरुको बोटगाउँ मेडिकलमा उपचार भैरहेको इन्द्रावती ११ का वडाध्यक्ष मने माझीले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया