'ए' डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

 फागुन १४, २०७८ शनिबार १९:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो ।

लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो।

लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ खेलमा २३ अङ्क जोड्यो ।  

आजको खेलमा मनाङका लागि कप्तान अञ्जन विष्टले गोल गरे भने मनाङका डिफेन्डर फ्रान्कलिनले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो ।

आजै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटी तेस्रो स्थानमा रहन सफल भयो । पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको एनआरटीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो ।

एनआरटीको लागि मेसुके ओलेमाउले ह्याट्रिक गरे । एनआरटीका शिव गुरुङले आफ्नै पोस्टमा गोल गरेका थिए । एनआरटीकाे पनि २३ अङ्क नै रहेको छ । लिगमा  सातदोबाटो युथ क्लब चौथो र मनाङ मर्स्याङ्दी क्लब पाँचौँ स्थानमा रह्यो । यो सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा पर्दै 'बी' डिभिजनमा घटुवा भएका छन् ।

लिग विजेता मच्छिन्द्र क्बलले ७५ लाख रुपैयाँ पुरस्कार भयो भने दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० लाख रुपैयाँ पाएको छ ।
 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया