द्वन्द्वकालमा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्ज्वलन

 भदौ २८, २०७५ बिहीबार १९:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – राष्ट्रिय बाल दिवसको पूर्वसन्ध्यामा आज रोल्पामा द्वन्द्वकाल र विपदबाट  मारिएका बालबालिकाहरुको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्वलन गरिएको छ ।

जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित द्वन्द्वकालमा मारिएकाहरुको सम्झनामा निर्मित शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको हो । 

जिल्लाका बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था तथा बालअधिकारकर्मीलगायत सरोकारवालाहरुको सहभागितामा दीप प्रज्वलन गरिएको थियो ।

सशस्त्र द्वन्द्वको समयमा रोल्पाका करिब एक हजार जनाले ज्यान गुमाएकोमा आधा दर्जन बालबालिका पनि परेका थिए । भने विपदबाट पनि आधा दर्जन बढीले ज्यान गुमाएको तथ्याङ्क छ ।
 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया