२५ वर्षपछि पाकिस्तान पुगेको अस्ट्रेलियाली क्रिकेट टोलीलाई ४ हजार प्रहरीको घेरासहित कडा सुरक्षा

 फागुन १५, २०७८ आइतबार १४:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै २५ वर्षपछि अस्ट्रेलियाको क्रिकेट टोली पाकिस्तान पुगेको छ । आज आइतवार बिहान अस्ट्रेलियाको क्रिकेट टोली एक विशेष चार्टर्ड उडानमार्फत पाकिस्तानको राजधानी इस्लामावाद पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तान अवतरण हुनेबित्तिकै अस्ट्रेलियाको टोलीलाई उच्च सुरक्षाको घेरामा राखिएको छ । पाकिस्तानमा रहँदा अस्ट्रेलियाको टोलीलाई चार हजार जना प्रहरीले राष्ट्रियस्तरको सुरक्षा दिनेछन् । आज इस्लामावाद पुगेको टोली कडा सुरक्षा घेरामा एक हप्ता क्वरेन्टीनमा बस्नेछ ।

पाकिस्तान भ्रमणका क्रममा अस्ट्रेलियाले तीन टेस्ट, तीन एकदिवसीय र एउटा टी–२० खेल्नेछ । पहिलो टेस्ट मार्च ४ तारिखदेखि सुरु हुनेछ । खेलहरू रावलपिण्डी, कराँची र लाहोरमा हुनेछन् ।

अस्ट्रेलियाले यसअघि सन् १९९८ मा पाकिस्तानको भ्रमण गरेको थियो । अस्ट्रेलियाले पछिल्लो पटक पाकिस्तान भ्रमण गरेयता पाकिस्तानमा साढे २२ करोड जनसङ्ख्या थपिएको छ, त्यसैले साढे २२ करोड पाकिस्तानीका लागि अस्ट्रेलियाको टोली पहिलो पटक उनीहरूको देशमा पुगेको हो ।

पाकिस्तानमा भएको आन्तरिक युद्धका कारण निकै कम विदेशी क्रिकेट टोली पाकिस्तान गइरहेको बेला सन् २००९ मा श्रीलङ्काको टोलीमाथि बम आक्रमण भएपछि पाकिस्तानमा विदेशी टोली गएका थिएनन् । गएकाे वर्षदेखि पाकिस्तानमा विदेशी टोली जान थालेका छन् । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया