श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतद्वारा 'क्लिन स्वीप'

 फागुन १६, २०७८ सोमबार ७:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा क्लिन स्वीप  गरेको छ । गएराति घरेलु मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएर भारतले श्रृङ्खला ३–० ले जितेको हो ।

श्रीलङ्काले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४  विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारि खेले । यस्तै, रविन्द्र जडेजाले २२, दीपक होडाले २१ तथा सञ्जु सामसनले १८ रन बनाए ।

श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए भने दुशमन्थ चमेरा र चामिका कारुनारत्नेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो ।

श्रीलङ्काका लागि कप्तान डसुन सनकाले अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले भने दिनेश चण्डीमालले २२ तथा चामिका करुनारत्नेले १२ रन बनाए । भारतका आभेस खानले २ तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि विशदोइले एक/एक विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया