राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
ललितपुर – डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेको छ । कीर्तिपुरमा रहेकाे त्रिवि क्रिकेट मैदानमा आज साेमवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । सुदूरपश्चिमले दिएकाे एक सय १४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्याे । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । उनले ४४ बल खेल्दा पाँच चौका प्रहार गरिन् । त्यसैगरी इन्दु बर्माले नदआउट २९ रन जोडिन् भने कप्तान सीता राना मगर १९ रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनायाे । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् भने डोली भट्टले ३६ रन जोडिन् । त्यस्तै कविता कुँवर २४ रनमा नटआउट रहिन् भने रेवती धामीले १० रन बनाइन् । एपीएफका लागि सुस्मा श्रेष्ठले दुई विकेट हात पारिन् ।
उपाधिसहित एपीएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।