दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – गएको सोमवार काठमाण्डौको नयाँ बानेश्वरमा प्रेसर कुकरभित्र शङ्कास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।
सडकको बीचमा कुकर बम राखेर नागरिक त्रसित पार्ने काभ्रेको भुम्लु गाउँपालिका २ का सुवास महतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी चावहिलको पशुपति बहुमुखी क्याम्पसको अखिल क्रान्तिकारीका इकाइ कमिटी अध्यक्ष पनि भएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका महतकाे साथबाट बम राख्न प्रयोग भएका विभिन्न साधन र बम राख्दाको बखत लगाएका कपडा, मोटरसाइकल, हेल्मेट लगायतका वस्तु पनि बरामद भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।