राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारत र श्रीलङ्काबीच हुने पहिलो टेस्ट क्रिकेटमा दर्शकले प्रवेश पाउने भएका छन् । आउँदो शुक्रवारदेखि माहोलीमा हुने टेस्ट क्रिकेटमा रङ्गशालाको क्षमताको ५० प्रतिशत दर्शकलाई अनुमति दिइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ ।
यसअघि यो खेल दर्शकविहीन मैदानमा खेलाउने तयारी थियो । तर कोभिड महामारी कम भएको र अन्य अवस्थालाई हेरेर ५० प्रतिशत दर्शकलाई अनुमति दिने निर्णय भएको बीसीसीआईका सचिव जय शाहले बताएको क्रिक इन्फोले जनाएको छ । मोहालीमा भारतीय पूर्वकप्तान विराट कोहलीले आफ्नो करियरको एक सयौँ टेस्ट खेल्ने भएकाले समर्थक उत्साहित भएका छन् ।
यसअघि श्रीलङ्कासँग अहमदाबादमा भएको एकदिवसीय खेल पनि दर्शकविहीन मैदानमा खेलाइएको थियो । तर टी–२० शृङ्खलामा भने दर्शकलाई अनुमति दिइएको थियो । एकदिवसीय र टी–२० शृङ्खला भारतले जितेको छ । यी दुई देशबीच आउँदो शुक्रवारदेखि दुई खेलको टेस्ट शृङ्खला सुरु हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।