आईपीएल क्रिकेटमा पञ्जाबले कोलकतालाई ७ रनले हरायो
चैत १८, २०७९ शनिबार
काठमाण्डाै - टाटा माेटर्सले ल्याएकाे 'टाटा मोटर्सको धमाका : न पहिले, न कहिल्यै' याेजनाकाे समय अवधि थप गरिएकाे छ ।
गएकाे माघ १८ गतेदेखि लागू भएको यो योजना फागुन १६ गतेसम्मका लागि सार्वजनिक गरिएको थियो । ग्राहकको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई आउँदाे चैत १७ गतेसम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ प्रालिले जनाएकाे छ ।
कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकहरुलाई आर्थिक अवस्थामा सहज होस् भन्ने उद्देश्यले याे याेजना ल्याइएकाे कम्पनीले जनाएकाे छ ।
ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु यस योजना अन्तर्गत प्राप्त गर्ने दाबी कम्पनीले गरेको छ ।
यस याेजना अन्तर्गत नगद खरिदमा विशेष छुट, क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुटसहित ए.एम.सीको सुविधा, नगद खरिदमा तीन सरल किस्ताको सुविधा, आकर्षक अफरसहित एक्सचेन्जको सुविधा, थ्री ईएमआईसम्म छुटको सुविधा र पुरानो टिपरको स्क्र्याच ल्याएर नयाँ गाडी खरिद गर्दा तीन लाखसम्मको छुट दिइने कम्पनीले जनाएकाे छ।