लेखा समितिको २१औँ वार्षिक प्रतिवेदन पारित

 फागुन २०, २०७८ शुक्रबार १९:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ । सभापति भरतकुमार शाहले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

समितिले वर्षभरि गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल भइ पारित भएको समिति सचिव डा.रोजनाथ पाण्डले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, 'बेरुजु फर्स्याेट गर्ने सन्दर्भमा गठन भएका नौ उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणपछि तयार गरिएको अध्ययन प्रतिवेदनलाई पनि समेटिएको छ ।'

मन्त्रालय र केन्द्रीय निकायमा रहेको बेरुजु किनारा लगाउन गरिएको प्रयास, बेरुजुका सम्बन्धमा उठेका विषय, असुल उपर गर्नुपर्ने रकम, आर्थिकरूपले वित्तीय व्यवस्थापनका सवालमा नीतिगत निर्णय गर्न चालिनु पर्ने कदमकासहितका सुझाव प्रतिवेदनमा समावेश छ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया