आईपीएल क्रिकेटमा पञ्जाबले कोलकतालाई ७ रनले हरायो
चैत १८, २०७९ शनिबार
काठमाण्डाै - टाटा मोटर्सले 'होली सर्भिस क्याम्प' योजना ल्याएको छ ।
टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले आजदेखि आउँदाे चैत दुई गतेसम्म सञ्चालन गर्ने गरी याे योजना ल्याएको हो । होली सर्भिस क्याम्पमा टाटाका जेन्युअन स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएकाे छ ।
यस्तै गियर बक्स तथा क्राउन ओभर हल गर्दा स्पेयर पार्टस्मा १० प्रतिशत छुट दिनुका साथै ६ महिनाको वारेन्टी दिने कम्पनीले जनाएको छ । इन्जिन, क्राउन तथा गियर आयलमा १५ प्रतिशत छुट दिइने योजना रहेको छ ।
ब्रेक, स्टेरिङ्ग आयल, हाइड्रोलिक आयल, कल्च आयल तथा डीईएफमा २० प्रतिशत छुट दिइने कम्पनीले जनाएकाे छ । यस्तै निःशुल्क इन्जिन हेल्थ चेक अप तथा सञ्जीवनी योजनामा इन्जिन बनाउँदा आकर्षक उपहार पनि उपलब्ध हुने भएकाे छ ।
निःशुल्क एफआईपी चेक, निःशुल्क इलेक्ट्रिकल चेक तथा कम्प्युटर डाइग्नोसिस प्रि सर्भिस बुकिङ्ग गरेर आएको खण्डमा सर्भिसिङ्गकाे काम दुई घण्टा, एग्रिगेट ओभरहलको काम ४८ घण्टा र इन्जिन ओभरहलको काम ६ दिनभित्र सकिने ग्यारेन्टी कम्पनीले दिएकाे छ ।