क्यामरुनको फुटबल क्लबलाई हराउँदै फ्रेन्ड्स खप्तड गोल्ड कपको सेमिफाइनलमा

 फागुन २२, २०७८ आइतबार १९:४२:३८ | सीताराम ओझा
unn.prixa.net

कैलाली –ए डिभिजन क्लब फ्रेन्ड्स क्लब पाँचौँ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज आइतवार क्यामरुनको एभेनिर फुटबल क्लबलाई दुई–शून्य गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।

फ्रेन्ड्सलाई जिताउन जमोउल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । उनले खेलको ५३ औँ र ६२ औँ मिनेटमा गोल गरे । खेलमा म्यान अफ द म्याच भएका उनले नगद १० हजार रुपैयाँ पाए । 

अब फ्रेन्ड्सले सेमिफाइनलमा मच्छिन्द्र र बाग्मती युथ क्लबबीचको विजेतासँग खेल्नेछ । 

खेलपछि प्रतिक्रिया दिँदै फेन्ड्सका प्रशिक्षक मिगेन्द्र मिश्रले फिटनेस र टिम वर्कका कारण गोल निकाल्न सक्दा खेल जितेको बताए । 

खेलपछि प्रतिक्रिया दिँदै एभेनिर फुटबल क्लबका प्रशिक्षक आशिक थापा मगरले लामो यात्रापछि खेल खेल्दा र सबै खेलाडीहरू नपुगेका कारण खेल गुमाएको बताए । 

आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । सर्वाधिक धनराशीकाे प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया