जागिरकाे लागि भन्दै फारम भराएर पैसा असुल्ने तर जागिर नदिने ९ जना पक्राउ, सचेत रहन आग्रह

 फागुन २३, २०७८ सोमबार १७:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जागिर दिने भन्दै विज्ञापन खुलाउने, फारम शुल्क र जब ग्यारेन्टी शुल्क लिएर नागरिकलाई ठग्ने नौ जना काठमाण्डौबाट पक्राउ परेका छन् । 

काठमाण्डौका विभिन्न ठाउँमा जब सेन्टर खाेलेर जागिर दिने भन्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन दिने, आवेदकहरूबाट पाँच सय रुपैयाँसम्म फारम शुल्क लिने र ६ हजार रुपैयाँसम्म जब ग्यारेन्टी शुल्क लिनेहरू पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नयाँ बानेश्वरको सोसाइटी वेलफेयर म्यानेजमेन्टका सञ्चालक अर्घाखाँचीका अमर पाण्डे र तिलक पाण्डे, बालाजुको जब प्लेसमेन्टका सञ्चालक लमजुङका आनन्द मरहट्ठा, कोटेश्वरको एमएन मल्टिपर्पोसका सञ्चालक सिरहाका विवेक यादव र एबीएस जब ट्रेनिङ सेन्टरका सञ्चालक ओखलढुङ्गाका अश्विन राई पक्राउ परेका छन् । यस्तै कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्ने सिन्धुलीका घनश्याम पहाडी, चावहिलमा प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक रौतहटकी सृजना लामिछाने, कोटेश्वरको क्विकमाण्डु एमपी प्राइभेट लिमिटेडका सञ्चालक विराटनगरकी ज्ञानु न्यौपाने र कोटेश्वरमा अनमोल जब मल्टिपल प्राली सञ्चालन गर्ने रौतहटका रामवचनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।  

उनीहरूले फारम भर्ने व्यक्तिहरूलाई विज्ञापनमा उल्लेखित सर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइ हाले पनि तोकिएअनुसार तलब र सुविधा नदिइ केही समयमा नै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ । 

यस्तै कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा जागिर लगाइदिने प्रलोभनमा ठगी भइरहेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सम्बन्धित सबैमा प्रहरीले अनुरोध पनि गरेको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dhan bahadur Khadka

    March 7, 2022, 8:01 p.m.

    अनमोल जब सेन्टर बाट म सङ्ग पनि 4200 लिएको थियो , झण्डै एक महिना सम्म जब नलगाएपछी मैले कम्प्लेन गरेर मुस्किलले पैसा फिर्ता गरेको थियो । म त्यो पैसा फिर्ता लिदासम्म झण्डै 1200 रुपैयाँ खर्च गर्नु परेको पनि थियो 😪😪 निकै सताउने रहेछन 😪

  •  0 Reply

तपाईको प्रतिक्रिया