भोलि राति पश्चिमी भेगमा र पर्सि देशका धेरै ठाउँमा वर्षा र हि...
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रमा पदाधिकारी चयन स्थानीय तहकाे चुनावपछि गर्न प्रस्ताव गरिएकाे छ । आज साेमवारको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन स्थानीय तहको चुनावपछि गर्न प्रस्ताव गर्नुभएको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।
यस्तै अध्यक्ष प्रचण्डले अमेरिकी सहायता (एमसीसी) को विषयमा आएका फरक मतलाई सम्मानजनक हिसाबले केन्द्रमा दर्ज गरिने बताउनुभएकाे पनि नेता पुनले जानकारी दिनुभयाे ।
यसैबीच आजकाे केन्द्रीय कमिटीकाे बैठकले युवालाई प्राथमिकतामा राखेर ९७ जना केन्द्रीय सदस्यको नाम थप गरेको छ । काठमाण्डौमा चलिरहेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साेमवार ९७ जना सदस्यको नाम प्रस्ताव गर्नुभएको हो ।
माओवादीले विद्यार्थी सङ्गठनका पूर्वअध्यक्ष तथा सहायक सङ्गठन वाईसीएल नेपालका अध्यक्षलगायत युवालाई केन्द्रीय समितिमा ल्याएको छ । केन्द्रीय कमिटीमा अखिल क्रान्तिकारीका ६ जना पूर्वअध्यक्ष समेटिएका छन् ।
केन्द्रीय समितिमा अटाएका युवा नेतामा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा, विजय गौतम रञ्जित तामाङ हुनुहुन्छ । यस्तै रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल र सन्तोष विष्टलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
केन्द्रीय समिति बैठकबाट खुलातर्फ ५५ र समानुपातिकतर्फ ४२ जना गरी ९७ जना केन्द्रीय सदस्य थप गरिएको हो । तर माओवादीले अध्यक्षबाहेकका पदाधिकारी भने अझै चयन गर्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।