निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न : सबैले रुखैरुख देखाेस् भनेर हरियाे मतपत्र राख्न लागेकाे हाे ?

 फागुन २४, २०७८ मंगलबार १८:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावकाे मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । 

आज मङ्गलवार अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आँखा कमजाेर हुनेले रुखैरुख देखोस् भनेर हरियो रङ्गको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने बताउनुभएकाे हाे । उहाँले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने भन्दै यदी यो कुरा सत्य भए आयोगले त्रुटि सच्याउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिह्नहरू हरियो रङ्गकाे राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्‍याे । यदि हो भने कुन हिसाबले राख्ने ? आँखा कमजोर हुनेले रुखैरुख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? यदि हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटि सच्याउनुपर्‍याे । यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने उसले निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’

कार्यक्रममा अध्यक्ष ओलीले छोरीहरूका लागि सबै तहका सरकारले नीति निर्माण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अबका दिनमा छोरीहरूले रोजगारीका अवसर छोडे भने छोराहरूले पाउने स्थिति बन्दै जाने अवस्था सिर्जना भइरहेको पनि बताउनुभयो । 

अध्यक्ष ओलीले अहिले सरकारका हरेक अङ्गमा नेकपा एमालेको विरुद्ध प्रयोग भइरहेको बताउनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकाेटाको अहिलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै सभामुखले नियम, कानुनको पालना नगरेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया