पल शाह प्रकरणमा जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ

 फागुन २५, २०७८ बुधबार १६:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ । 

पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको शेषमती बस्ने निशान चिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । 

दुवै जनालाई जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • सन्तोष

    March 11, 2022, 9:27 a.m.

    २वर्ष जेल हाल्नु पर्छ ा

  •  0 Reply
  • Binod bist

    March 9, 2022, 6:17 p.m.

    यो देश मा कानुन बनाउने नै कुनै न कुनै कसुरका दोषी छन यस्ता व्यक्तिले बनाएको कानुनले न्याय दिन्छ भन्ने मलाई लगायत न्यायकर्मि लाई पनि सायद लाग्दैन होला

  •  0 Reply

तपाईको प्रतिक्रिया