चोरीका पाँच मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ

 फागुन २७, २०७८ शुक्रबार ७:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौमा पाँच वटा चोरीका मोटरसाइकल र दुई वटा साइकलसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले सुरु गरेको अपरेसन बाइक हन्ट अभियानका क्रममा चोरीका पाँच वटा मोटरसाइकल र दुई वटा साइकलसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावतीका सुरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठ, सङ्खुवासभाको पाँचखपनका योगराज लिम्बु, झापाको बुद्धशान्तिका दिपेश मगर र सुर्खेतको मेलकुनाका विशाल राना रहेका छन् ।

उनीहरुले मोटरसाइकल चोरी गरेर सोरुममा लगेर अरुलाई बेच्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया