झापामा बिना खनजोत मकैखेती
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएकाे बरु परिवर्तनको जस दिइएको स्पष्ट पार्नुभएको छ ।
आज साेमवार फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउनुभएको छ । उहाँले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको बताउनुभएको छ । एक आम नागरिकले सरकारसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्न कोसिस गरेको भन्दै उहाँले यो विषयमा सञ्चारमाध्यममा पढिँदै, लेखिँदै आएको र स्वीकारिएको विषयसमेत भएको प्रस्ट पार्नुभएको छ ।
सपुतले आफूले कसैको सहयोग र सल्लाहमा नभइ आफ्नै सोच र विचारले यो गीत बनाएको भन्दै यसलाई राजनीति गरेर कुनै कित्तामा नउभ्याइदिन पनि आग्रह गर्नुभएको छ । भिडियोमा भएका कुनै दृष्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा माफी माग्दै सपुतले भन्नुभएको छ, ’सिर्जना र स्वतन्त्रताको कुरा गरौँ । तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।’
यस्तै उहाँले भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, सङ्गत गरेका चरित्रलाई गीतमा उतारेको उहाँले फेसबुकमार्फत उल्लेख गर्नुभएको छ । सपुतले माओवादी युद्धमा लागेका तत्कालीन लडाकुले अहिले जीवन निर्वाह गर्न सङ्घर्ष गर्नुपरेको र देह व्यापारमा समेत लाग्नुपरेको लगायतका विभिन्न पक्षलाई समेटेर गीत ल्याएछि केहीले आलोचना गरेका छन्, धेरैले समर्थन गरेका छन् ।
गीत
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।